आज पाँच संसदीय समितिका बैठक बस्दै
काठमाडौं । आज सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ ।
बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।
यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो एक बजे बस्दैछ ।
मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बिहान ११ बजेर ३० मिनेटमा बस्ने सुशासन समितिको बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुँदैछ ।
दिउँसो एक बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको गर्ने कार्यक्रम छ । बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदैछ ।
उक्त बैठकमा उक्त मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











