ताजा समाचार

कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए। पहिरो पन्छाउने प्रयास जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org