विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने
काठमाडाैं । नेपालले महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
छनाेट खेलहरू काठमाडौंस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छन् । उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ ।
सहभागी टिमहरूलाइ दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ ।
आगामी सन् २०२६ मा हुने उक्त प्रतियोगिताको छनोट खेल आगामी जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगिताको एसिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भइसकेका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।
प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेश सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन । त्यस्तै अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ ।
बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन् । जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी नै छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












