ताजा समाचार

रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन र समृद्धिको अभियानलाई राष्ट्र निर्माणको हिस्सा बनाऔँ

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायुमैत्री रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन र समृद्धिको अभियानलाई राष्ट्र निर्माणको अभिन्न हिस्सा बनाउनु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय कोदो दिवसको अवसरमा सामाजिक संजालमा लेख्नुहँदै पूर्वराष्ट्रपति भण्डारीले रैथाने बालीको संरक्षण गर्नुपर्ने बताउनु भएको हो । भूमिको सदुपयोग, किसानको सम्मान, उत्पादनको व्यावसायिकता, नवप्रवर्तन, प्रविधिको प्रयोग, बीउको संरक्षण, बजार पहुँच र युवाको सहभागितामार्फत कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा भण्डारीले जोड दिनु भएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही दशकदेखि नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा पर्दै आएकोमा चिन्ता ब्यक्त गर्दै संरक्षण अभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org