ताजा समाचार

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने

काठमाडौं । कक्षा १२ को नतिजा राष्ट्रय परिक्षा बोर्डले आज (सोमबार) सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतले दिएको जानकारी अनुसार हिजो (आइतबार)डेमो गरिएको थियो ।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

कक्षा १२को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org