ताजा समाचार

पहिरो खसेपछी जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडाैं । बर्षाका कारण पहिरो खसेपछी बैतडीबझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बैतडीको सिगास गाउँपालिका– ९ रमिलापूर नजिक पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

अविरल बर्षाका कारण गएराती करिब एक बजेतिर सडक माथीबाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्रा प्रहरी निरिक्षक बलराम पाण्डेयले बताए ।

सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको पाण्डेयले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org