ताजा समाचार

महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

काठमाडाैं । कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्।

उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ। उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए। जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org