ताजा समाचार

आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी बिक्रिमा संलग्न व्यक्ती प्रहरी नियन्त्रणमा !

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ। पक्राउ परेका व्यक्तीलाइ प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको र अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ ।

घटना काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शवसँग सम्बन्धित छ । शवबाट मासु र हड्डी निकालिएको आरोप आफन्तले लगाएका थिए । आफन्तको उजुरीका आधारमा उक्त ब्राम्हणलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मासु र हड्डी बेचिएको भनिएको भए पनि कसले किन्यो र कतिमा बेचिएको हो भन्ने कुरा प्रमाणको अभावका कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

यस घटनाप्रति कडाइका साथ अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org