ताजा समाचार

आज रवि लामिछानेको निवेदनमा सुनुवाइ हुँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको आज सुनुवाइ हुने भएकाे छ ।

सहकारी ठगी गरेकाे आराेपमा हाल कारागारमा रहेका लामिछानेले बैंक जमानत बुझाएर थुनामुक्त गरिदिन माग गर्दै निवेदन दिएका थिए ।

सुनुवाइ  रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा हुन लागेकाे हाे ।

उनले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर लामिछानेले आफूलाई थुनाबाहिर राख्न माग गरेका छन्।

लामिछानेले थुनामुक्त गर्न माग गरी गत साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए।उक्त निवेदनमाथि सुनुवाइ हुनसकेको थिएन।

उनि सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org