भक्तपुरको गाईजात्रामा झडप भएको भिडियाे भाइरल, ३ जना पक्राउ
काठमाडौं । गाईजात्रा पर्वका बेला भक्तपुरमा युवाहरूबिच भएको झडपको भिडिओ भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक-६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका-५, भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका-५, साकोठाका ३४ वर्षीय राज कपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घटना गत आइतबार राति करिब ११स्१० बजे भक्तपुर नगरपालिका-५, टौमढीस्थित न्यातपोल मन्दिर (पाँचतले मन्दिर) अगाडि भएको थियो । सार्वजनिक भिडियोमा युवाहरूको समूहले एकअर्कालाई लाठी, मुक्का र लात्तीले क्रूरतापूर्वक प्रहार गरेको देखिन्छ । झडपमा केही व्यक्ति भुइँमा लडेको र उनीहरूमाथि पनि निरन्तर आक्रमण गरिएको दृश्य कैद भएको छ ।
भिडिओ भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जात्रा जस्तो सांस्कृतिक गौरवमा दाग लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । केहीले यस्ता कलंकित क्रियाकलापले नेवारी समुदायको ऐतिहासिक पर्वको मौलिकता र गरिमामा गम्भीर चोट पुर्याएको धारणा राखेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डुण्डीराज न्यौपानेले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












