ताजा समाचार

धादिङको घट्टेमोडमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाइते

काठमाडाैं । त्रिभुवन राजपथको नागढुङ्गा-नौविसे सडक खण्डस्थित धुनिबेशीमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

ती मध्य दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चितवनबाट काठमाण्डौं आउदै गरेको ध२प ३१४६ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटर साइकललाई  ठक्कर दिने  भारतीय  ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ । ट्रकमा  चार जना  सवार रहेको प्रहरीले जनाएको छ ।

चारै जना भारतीय नागरिक हुन् । घाइतेहरुलाई थप उपचारका लागि  काठमाण्डौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org