ताजा समाचार

राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता आज

काठमाडौं ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ ।

समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ ।

मनोनयन दर्ताको समय आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।

राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडा निजामती विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी प्रावधानमा गैरकानुनी हेरफेरमा जिम्मेवार ठहर भएर रिक्त रहेकाेले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org