ताजा समाचार

गोठालो जाँदा भिरबाट लडेर युवतीको मृत्यु

काठमाडाैं । सल्यानमा बाख्रा चराउनका लागि गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका ९ परिलेख निवासी २४ बर्षिया दिपा वली बस्नेतको बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दिपा भिरबाट करिव पाँचसय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । मोखल्यान सामुदायिक वनमा सोमबार बेलुकी ५ः३० बजेतिरको समयमा बाख्रा गोठालोबाट फर्कने क्रममा भिरबाट लडेर घाइते हुनुभएकी उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइतेको राति ९ः०० बजे थारमारेमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान गोपाल बस्नेत वैदेशिक रोजगारीमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org