रविचन्द्रन अश्विनले आइपीएल नखेल्ने
काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपीएल)बाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो ट्वीटर ह्यान्डल(एक्स)बाट ‘विश्वका अन्य लिगहरु खेल्ने सम्भावनाको खोजीमा’ भन्ने लाइन सेयर गरेका छन्।
३८ वर्षीय अश्विनले विश्वका अन्य लिगहरु खेल्ने भन्दै आइपीएलको करिअर सकाएका छन् । उनी आइपीएलमा सर्वाधिक विकेट लिने पाँचौं बलरको रुपमा रहेका छन् । आइपीएलमा चेन्नाई सुपर किंग्सबाट करिअर सुरु गरेका अश्विनले राइजिङ पुणे सुपरजायन्ट, दिल्ली क्यापिटल्स, रजास्थान रोयल्स र किंग्स ११ पंजाबको कप्तानी गरेका थिए।
उनले सन्यासको घोषणा गर्दै लेखेका छन्, ‘यो एक खास दिन हो, त्यसैले आज एक नयाँ सुरुवात भएको छ। कुनै एउटा राम्रो चिजको अन्त्य भनेको नयाँ चिजको सुरुवात पनि हो। एक आइपीएल क्रिकेटको रुपमा आज मैले आफ्नो करिअर समाप्त गरिरहेको छु। योसँगै अन्य लिगहरुमा खेल्ने सम्भावनाको आज सुरुवात भएको छ। मैले आजसम्म जुन टिमहरुसँग खेलें, उनीहरुको याद र सम्झना सधैं रहिरहनेछ ।’ उनले यो लेख्दै सम्पूर्ण टिम र भारतीय क्रिकेट बोर्डलाई धन्यवाद दिएका छन्।
Comments
अरु समाचार
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...
-
रुकुमकोटमा पहिलोपटक ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ हुने
रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक इन्डोर ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता मंसिर २७ गते बिहान...












