ताजा समाचार

ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको बुझिएको छ ।

स्रोतका अनुसार बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन्।

महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org