ताजा समाचार

माछा मार्न गएका राईको लडेर मृत्यु

काठमाडौं । संखुवासभामा स्थानीय कासुवाखोलामा माछा मार्न ग्एका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उनको मृत्यु भएको हो ।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उनले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताए ।

उनीसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org