ताजा समाचार

अध्यक्षविरुद्ध तथानाम लेख्ने बोहोरा एमालेकै प्यारो, जताततै जिम्मेवारी दिदाँ उठ्याे अनुशासनकाे पश्न !

काठमाडौं । आफ्नै पार्टी अध्यक्ष केपी ओली विरुद्ध तथानाम गालीगलौज र आपत्तीजनक अभिव्यक्ती दिँदै आएका रमेश बहादुर बोहोरालाई पार्टीले विभिन्न पदको जिम्मेवारी दिएको भन्दै चौतर्फी आलोचना र अनुशासनका सवालमा प्रश्न उठेकाे छ ।

सामाजिक सञ्जालमार्फत अति निम्न र अपाच्यशैलीमा अध्यक्ष ओली विरुद्ध लेख्ने गरेका बोहोरा हाल पार्टीका विभिन्न जिम्मेवारीमा रहेका छन् ।उनी हाल, नेकपा एमाले बैतडी जिल्ला कमिटि सदस्य, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्जका साथै सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुरेन्द्र बहादुर पालका स्वकिय सचिवकाे जिम्मेवारीमा छन् ।

बाेहाेराले विगतमा सामाजिक सञ्जालमा लेखेका पाेस्टका सवालहरूकाे जवाफदेहिताका सन्दर्भमा प्रश्न उठेका हुन् । नेकपा एमालेले पार्टीका हरेक तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको अनुशासन र नियमालाई कडाइका साथ कार्यान्वयन गर्दै गराउँदै आएको भए पनि कसैलाई काखा र कसैलाई पाखा गर्ने गरेकाे अाराेप लाग्ने गरेकाे छ । नेता बाेहाेराले पनि यसबाट उन्मुक्ती पाएकाे देखिन्छ ।

बोहोराले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओली लठैतहरुका बा, बिचौलीयका ससुरा जस्ता आरोप लगाएका छन् । त्यती मात्रै होइन् सेर वहादुर देउवा र ओली सहितको फोटो सामाजिक सञ्जालमा राख्दै महाकाली बेचेको आरोप समेत लगाएका थिए ।

बाेहाेराले सामाजिक सञ्जालमा लेखेका केही पाेस्टहरू हेर्नुहाेस् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org