ताजा समाचार

साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग खेल्दै

काठमाडौं । भूटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ । भारतले एक खेल अगावै उपाधि जितेको छ । नेपाल र भूटान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यो खेल औपचारिकताका लागि मात्र हुनेछ । प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।

यस्तै, आज भारत र बङ्गलादेश पनि खेल्दैछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क छ ।

भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org