आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले ३-२ले कब्जा गर्याे !
काठमाडौं । भारतको गुहाटी भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आसाम स्टेट टोलीविरुद्धको टि-२० सिरिज जितेको छ ।
पाँच खेलको सिरिजअन्तर्गत आज भएको अन्तिम तथा निर्णायक खेलमा आसामलाई ४४ रनले हराउँदै नेपालले सिरिजमा ३-२ को कब्जा जमाएको हो ।
जितका लागि २०८ रनको लक्ष्य पछ्याएको आसाम निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमै समेटियो ।
श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ रन र ९ रनको जित निकालेको थियो । तर आइतबार चौथो खेलमा चुक्दा आज उत्कृष्ट पुनरागमन गरेर सिरिज जितेकाे हाे ।
आजकाे खेलमा आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए भने सौरभ दिहिगाले १७ रन बनाए ।
नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २-२ तथा बसिर अहमदले १ विकेट लिए । त्यस्तै, नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाएर टाेलीलाइ मजबुत स्थितिमा पुर्याएउनमा उनले ३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रनकाे याेगदान बनाएका थिए ।
आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












