ताजा समाचार

यू २३ एसियन कप छनोट : नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं । यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल घरेलु टिम ताजकिस्तानसँग पराजित भएको छ।

ताजकिस्तानको दुसान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० ले पराजित भएको हो।

ताजकिस्तानको लागि अजिजबोएभ मुहम्मदालले २ गोल गर्दा रहमत्जोदा राहमतसोह र सारिपोभ डालेरले १–१ गोल गरे।

नेपालले केही राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेन । पहिलो हाफमा नेपालले केही राम्रो फ्रि किकहरू पाएको थियो । तर दोस्रो हाफ भने नेपाल प्राय डिफेन्समा नै व्यस्त रह्यो।

समूह के मा रहेको नेपालले छनोटको दोस्रो खेल शनिबार सिरियासँग खेल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org