ताजा समाचार

एमाले विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । महाधिवेशनमा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org