ताजा समाचार

जेन जी आन्दोलन अपडेटः १५ प्रदर्शनकारीको ज्यान गयो

काठमाडौं । पछिल्लो समय यो समाचार तयार पारुन्जेलसम्म ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org