ताजा समाचार

जेनजीकाे टार्गेटमा प्रचण्ड निवास !

काठमाडौं । जेनजी पुस्ताका प्रदर्शनकारीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास जाने सडकमा प्रहरी बिट भत्काएका छन्। मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका हुन्।

अाज बिहान मात्रै प्रदर्शनकारीले सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वि सुव्वा गुरूङकाे घरमा अागाे लगाएका थिए ।  यसले हिजाेबाट सुरू भएकाे याे प्रर्दशनले भयावह रूप लिदैँ गएका खबरहरू सार्वजनिक भएका छन् ।

जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएपछि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

युवाहरूले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्। काठमाडौंको कलंकी, बानेश्वर लगायत स्थानमा प्रदर्शन भएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशाशनले कर्फ्यू आदेश समेत जारी गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org