गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
काठमाडौं । नेपाल पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।
जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिए।
‘जलेको अवस्थामा निजको शव भेटिएको थियो । मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको हो,’ उनले भने। मृतकको शव अहिले पोष्टमर्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो प्रदर्शन उग्र बनेपछि दाहालको घरमा आगजनी गरिएको थियो।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
अध्यक्ष जित्न ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउदै, के गर्लान ईश्वर पोखरेल ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी प्रस्ताव लैजाने भएका छन्। केन्द्रिय...
-
भृकुटीमण्डपमा एमाले महाधिवेशको बन्दसत्र शुरु हुँदै
काठमाडौं। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे...
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि
काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं...












