ताजा समाचार

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ । चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै हिजो बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर गएराति एकतर्फी खुलेको सडक बिहान सवा ८ बजेदेखि दुईतर्फी नै खुलेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

गएरातिदेखि सडकमा रोकिएका गाडीहरुलाई आफ्नो लेन अनुशासनमा रहेर चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध समेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org