सीके राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिने ६ नेताले दिए राजीनामा !
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिने वरिष्ठ उपाध्यक्षसहित ६ नेताले सामूहिक राजीनामा दिएका छन् ।
अध्यक्षसमक्ष लिखित राजीनामा बुझाउनेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बम छन् ।
जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटम सहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अंहकारको भाषा बोलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी जनमत छाडेको उनीहरूले घोषणा गरेका छन् ।
राजीनामा माग्ने नेताहरूलाई राउतले यो उपयुक्त समय भन्दै उल्टै उनीहरूलाई छाड्न सुझाएका थिए ।
Comments
अरु समाचार
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
वर्तमान चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ...
-
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै, करिब १५०० वडामा नयाँ समिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन...
-
सोमबारका लागि सर्यो एमाले सचिवालय बैठक
काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सोमबारलाई सारिएको छ। शनिवारका लागि डाकिएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सोमबार बस्ने गरि...
-
रविलाई छाड्ने न्यायाधीश वासुदेव आचार्य काज भन्दै सर्वोच्च पुगे, वरियता मिच्ने रास्वपाको न्यायाधीश राडारमा के छ?
काठमाडौं । उच्च अदालत तुलसीपुर वुटवल इजलासका कामु न्यायाधीश वासुदेव आचार्य सर्वोच्च अदालतमा काजमा खटिएका छन्। उनी उच्च अदालत बुटवलमा...
-
गुन्टुमा आज एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा दिउँसो १ बजे...
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...












