आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं । प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर समस्या समाधानका लागि आवश्यक कदम चाल्न र प्रगतिबारे नियमित जानकारी दिन निर्देशन दिनुभएको हो।
उहाँले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित भएको उल्लेख गर्दै, समयमै समाधान नभए नर्सहरूको वैदेशिक पलायन हुने खतरा रहेको चेतावनी दिनुभयो।
हाल कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजमा कार्यरत नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिक माग गर्दै आन्दोलनमा छन्।
स्वास्थ्य मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई ३४,७३० रुपैयाँ पारिश्रमिक दिनुपर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलित छन्।
प्रधानमन्त्री कार्कीले न्यायोचित मागलाई बेवास्ता गर्न नहुने बताउँदै सबै पक्षलाई जिम्मेवार ढंगले समस्या समाधान गर्न आग्रह गर्नुभएको छ।
Comments
अरु समाचार
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ । एकता...
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नयाँ मतदातामा निर्वाचनको उत्साह
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूको एकता होइनः प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलले तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको प्रष्ट पारेका छन्।...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...
-
१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा
काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार...












