ताजा समाचार

झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु

काठमाडाैं । झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ।

उनीहरुकाे बिहीबार दिउँसाे सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताएकाे हाे । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका २ छोरी ७ वर्षीया सुष्मा मगर, ९ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन्।

उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हाे। घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org