सन् २०२६मा टी–२० विश्वकप खेल्ने २० टाेली कुन-कुन हुन ?
काठमाडाैं । सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकप खेल्ने २० वटै टोलीको टुङ्गो लागेको छ ।
ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत बिहीबार राति संयुक्त अरब इरिमेट्स (युएई) ले जापानलाई आठ विकेटले हराउँदै विश्वकपमा पुगेसँगै सहभागी सबै टोलीको टुङ्गो लागेको हो ।
यसअघि नेपाल र ओमानले १८औँ र १९औँ टोलीको रुपमा विश्वकपमा स्थान बनाएका थिए । साथै छनाेट प्रतियाेगिताकाे अन्तिम खेलमा नेपालले सामोआलाइ फराकिलाे रन अन्तरले पराजित गर्दै छनोटको ट्रफी जितेकाे छ । उक्त प्रतियाेगितामा क्रमश नेपाल पहिलाे, अायाेजक अाेमन दाेस्राे तथा युएइ तेस्राे बन्दै विश्वकपमा स्थान बनाएका हुन् ।
विश्वकपमा भारत र श्रीलङ्का आयोजक देशको रूपमा सोझै छनोट भएका छन् । यस्तै अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, अफगानिस्तान र अमेरिका अघिल्लो संस्करणमा सुपर आठमा स्थान बनाएकाले सोझै छनोट भएका हुन् ।
न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा छनोट हुँदा क्यानाडाले अमेरिकी महादेश, नेदरल्यान्ड्स र इटालीले युरोप तथा जिम्बावे र नामिबियाले अफ्रिकी छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
नेपाली महिला टाेली सेमिफाईनल प्रवेश !
काठमाडाैं । अमेरिकालाई १० विकेटले पराजित गर्दै नेपाल ब्लाईण्ड महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । भारत र...
-
अविनाश बोहराकाे समर्थकहरू माझ अनाैठाे आग्रह !
काठमाडौं । मंसिर १ गते सोमबारबाट काठमाडौंको त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने दोस्रो संकरणको नेपाल प्रिमियर लिगको ब्यग्र प्रतिक्षामा...
-
बढ्यो पेट्रोलको मूल्य
काठमाडाैं । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातिदेखि लागू...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, काे-काे हुन्छन् सहभागी ?
काठमाडौं । आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले दिउसो तीन बजे बस्नेगरी केन्द्रीय सुरक्षा समितिको...
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
ह्वात्तै घट्याे सुनको मूल्य !
काठमाडौं । आज आइतबार पँहेलो धातु सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...












