सन् २०२६मा टी–२० विश्वकप खेल्ने २० टाेली कुन-कुन हुन ?
काठमाडाैं । सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकप खेल्ने २० वटै टोलीको टुङ्गो लागेको छ ।
ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत बिहीबार राति संयुक्त अरब इरिमेट्स (युएई) ले जापानलाई आठ विकेटले हराउँदै विश्वकपमा पुगेसँगै सहभागी सबै टोलीको टुङ्गो लागेको हो ।
यसअघि नेपाल र ओमानले १८औँ र १९औँ टोलीको रुपमा विश्वकपमा स्थान बनाएका थिए । साथै छनाेट प्रतियाेगिताकाे अन्तिम खेलमा नेपालले सामोआलाइ फराकिलाे रन अन्तरले पराजित गर्दै छनोटको ट्रफी जितेकाे छ । उक्त प्रतियाेगितामा क्रमश नेपाल पहिलाे, अायाेजक अाेमन दाेस्राे तथा युएइ तेस्राे बन्दै विश्वकपमा स्थान बनाएका हुन् ।
विश्वकपमा भारत र श्रीलङ्का आयोजक देशको रूपमा सोझै छनोट भएका छन् । यस्तै अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, अफगानिस्तान र अमेरिका अघिल्लो संस्करणमा सुपर आठमा स्थान बनाएकाले सोझै छनोट भएका हुन् ।
न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा छनोट हुँदा क्यानाडाले अमेरिकी महादेश, नेदरल्यान्ड्स र इटालीले युरोप तथा जिम्बावे र नामिबियाले अफ्रिकी छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











