नख्खुबाट फरार कैदी खाँदबारीमा पक्राउ !
काठमाडाैं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक) लाई संखुवासभामा प्रहरीले पक्राउ गरेको छ ।
उनी गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि विश्वकर्मा लामो समयदेखि लुकीछिपी बस्दैआएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो । फरार कैदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी मैनालीले बताए ।
उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी कारागार प्रशासनसँग समन्वय गरेर विश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने तयारी भइरहेको छ । अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेपछि विश्वकर्मा नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए ।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास...
-
सप्तरीमा गोली हानेर पुजारीको हत्या !
काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज...
-
झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु
काठमाडाैं । झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। उनीहरुकाे बिहीबार दिउँसाे...
-
संखुवासभामा टिपर दुर्घटना चालक र सहचालक सामान्य घाइते !
काठमाडौं । संखुवासभामा इँटा बोकेको टिपर दुर्घटना भएको छ। जिल्लाकाे चैनपुर नगरपालीका–११, पुलडाँडा नजिकै लेगुवा–खाँदबारी सडक खण्डमा मधेश प्रदेश ०३–००१...
-
सुनसरीमा गोली हानेर सफारी चालकको हत्या !
काठमाडौं । सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ । रामधुनी नगरपालिका–२ तनमुनास्थित सडकमा सिटी सफारी...












