पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाको अवसरमा उनलाई नगद ११ हजार १ सय ११ रुपियाँ र कदरपत्रसहित सम्मान गरिएको हो । विभिन्न सञ्चारमाध्यमहरुमार्फत सम्झना टोल विकास संस्थाका गतिविधिहरु, वर्तमान समयमा टोल विकास संस्थाहरुको महत्व, विकास गतिविधि, सामाजिक विकृति तथा विसंगतिविरुद्ध सशक्तरुपमा समाचार सम्प्रेषण गर्दै सामाजिक उत्थान एवम् जनचेतना फैलाउने कार्यमा योगदान पुर्याएको भन्दै पत्रकार भट्टराईलाई सम्मान गरिएको हो।
पत्रकारितामा विगत २०५७ सालदेखि सक्रिय पत्रकार भट्टराईले स्नात्तकोत्तर शिक्षा हासिल गर्नु भएको छ । नेपाल, भारत तथा चीनबाट पत्रकारिता तथा मल्टिजर्नलिजम सम्बन्धी दर्जनौं तालिम तथा प्रशिक्षण लिनु भएको छ। उहाँले आफ्नो कार्यक्षेत्रमा सत्य, तथ्य, सन्तुलित तथा खोज पत्रकारितालाई प्राथमिकता दिने गर्नु भएको छ । अन्नपूर्ण मिडिया नेटवर्क, एन्टेना फाउन्डेशन लगायत दर्जनौं संघसंस्थाहरूबाट भट्टराईले उत्कृष्ट कर्मचारीको रुपमा नगदसहितका सम्मान प्राप्त गर्नु भएको छ।
यसैबीच शनिबारको साधारणसभामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तित्वहरुलाई सम्मान गरियो । जनप्रिय मार्गका असल वचतकर्ता ७१ वर्षिय रामकुमार श्रेष्ठ, ऋचापथकी असल ऋणी ८३ वर्षिया भगमाया गिरी र विरुवा संरक्षण, सरसफाई आदि कार्यमा महत्वपूर्ण योगदान दिने जानकी पथका ८२ वर्षिय हेमराज बस्नेतलाई नगद र प्रमाणपत्रसहित सम्मान गरियो । वृक्षारोपण र सडक विकास निर्माणमा प्रभावकारी योगदान दिएको भन्दै सिद्धीमार्ग विकास संस्थाका अध्यक्ष तिलक थापालाई नगद ५ हजार ५ सय ५५ र सम्मानपत्रसहित सम्मान गरियो ।
साधारणसभामा नेतृत्व चयनदेखि वार्षिक प्रतिवेदन प्रस्तुत, कसले के भने ?
साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचन समितिले कार्की पुनः अध्यक्षमा सर्वसम्मतरुपमा निर्वाचित हुनु भएको घोषणा गरेको हो । निर्वाचनमार्फत ११ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । योभन्दा अगाडि ९ सदस्यीय कार्यसमिति रहेको थियो ।
नयाँ कार्यसमितिमा चयन भएका चारजना पदाधिकारीहरुमा उपाध्यक्षमा अञ्जुश्री श्रेष्ठ, सचिवमा केदार गिरी र कोषाध्यक्षमा सरस्वती ढकाल चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा मैया निरौला घिमिरे, मिना दाहाल, दिर्घलक्ष्मी श्रेष्ठ, विनय तिवारी, टेकबहादुर श्रेष्ठ, रामकुमार श्रेष्ठ र कुश कार्की क्षेत्री चयन हुनु भएको छ । पछिल्लो नियमअनुृसार कार्यसमितिमा तीनजना महिलासहित बढीमा ७ जना सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा भएको साधारणसभाको अवसरमा सम्झना टोल विकास संस्थाका अध्यक्ष केदार कार्कीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले समग्र विकास निर्माण कार्यहरुमा टोलवासीलाई सहज सहभागिता गराउन तत्कालिन विराटनगर उपमहानगरपालिकाबाट विधिवत व्यवस्था भए अनुरुप २०५७ साल श्रावण २१ गतेबाट यस संझना टोल संगठनको रुपमा गठन भई हालसम्म नियमित रुपमा संचालन भई आएको प्रष्ट पार्नु भयो । अध्यक्ष कार्कीले संस्था गठन भएको २५ औं वर्षसम्म आफ्नो नेतृत्वलाई विश्वास गरी जिम्मेवारी दिँदै आएका सम्पूर्ण टोलवासीलाई रचनात्मक सहयोग सहभागिताको लागि आभार प्रकट गर्नुभयो । केही पूर्वाधार सामाजिक संरचनाहरु हामीले प्राप्त गरे पनि अधुरा कार्यहरु र दिगोपन दिन अझ थुप्रै जिम्मेवारी हामी संग बाँकी नै छ । यस्तै भावी कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष कार्कीले अधुरा नाला निर्माण, खानेपानी पाईप विस्तार, सडक पिच गर्ने काम, खुल्ला नालामा स्ल्याव राख्ने कार्य, छाडा चौपाया नियन्त्रण, टोल सरसफाई, हरित टोल निर्माण गर्न वृक्षारोपण गर्ने, लगाईएको विरुवा संरक्षण गर्दै सडक टोल सौन्दर्यीकरण गर्नका लागि बुँदागतरुपमा विभिन्न भावी योजना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा टोेल विकास संस्थाका उपाध्यक्ष यामुन मेहत्ताले विनिमय र संस्थाको विधानसहित अक्षयकोष विनियम प्रस्तुत गर्नुभयो । आन्तरिक लेखा परीक्षक चेतबहादुर बस्नेतले सल्लाह–सुझावसहित वासलात, आम्दानी र खर्च विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। यसैगरी जानकीपथ सम्झना टोल विकास संस्थाका संयोजक एवम् युवा परिचालन समितिका संयोजक विनय तिवारीले जानकी पथमा रोपिएका बोटविरुवामा छाँटकाँट गर्न, रंगरोगन गर्न, चोकचोकमा बोर्डहरु राख्न र जानकी चोकमा सम्झना टोलको सामाजिक नक्सा बनाउने जिम्मेवारी दिएकामा संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले संस्थाका अध्यक्ष कार्की र उहाँको सम्पूर्ण टीमले सम्झना टोललाई नमुना बनाउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । वडा कार्यालय तथा महानगरपालिकालाई टोल विकासले विकासका काममा घच्घचाइ रहेको र आगामी दिनमा पनि सल्लाहसुझाव, साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
बौद्धिक एवम् सामाजिक व्यक्तित्व तारानाथ निरौलाले सम्झना टोल विकास संस्थामा अझ बढी जिम्मेवारी थपिएको बताउनु भयो । यस टोल विकासमा भएको परिवर्तन, आगामी दिनमा सिंगो नगरमा महानगरपालिकाले टोल विकासका अबका दिनमा खेल्नु पर्ने भूमिका, विश्व परिवेशबाट टोल विकास संस्थाहरुको उदय, जेन्जी आन्दोलनको सार्थकता लगायतका विषयमा चर्चा गर्नु भयो ।
उपभोक्ताकर्मी तथा समाजसेवी शान्ता कट्टेल अधिकारी, तेजस्वी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी चुँडाल, निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, त्रिमूर्ति टोल विकास संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराई, वडा संयुक्त टोल विकास संस्थाका सचिव रामकुमार यादव, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मेघराज श्रेष्ठ, सगरमाथा टेक्निकल इन्स्टिच्यूटका प्रमुख बालकृष्ण मण्डल, सिद्धीमार्ग विकास समितिका अध्यक्ष तिलक थापा, वडा सदस्य राम भट्टराई र पत्रकार केशव भट्टराईले सम्झना टोल विकास संस्थाले गरेका काम र अब गर्नुपर्ने कामको चर्चा गर्दै आगामी सफल नेतृत्वको लागि शुभकामना व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











