ताजा समाचार

बिहारमा नितिश कुमारले १० औं पटक मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौं । जनता दल यूनाइटेड (जेडीयू)का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् ।

उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नितिश कुमार बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकबाट नेता चुनिएका थिए ।

बैठकले नेता चयन गरेपछि बुधबार बेलुकी उनले बिहारका राज्यपाल आरिफ मोहम्मद खानसँग भेटवार्ता गरेका थिए ।

उनले सन २००५मा पहिलोपटक मुख्यमन्त्री पदको भार सम्हालेका थिए ।

बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने छन् ।

शपथ ग्रहण समारोहमा सहभागी हुन केन्द्रीय गृहमन्त्री अमित शाह बुधवार बेलुकी नै पटना पुगिसकेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org