ताजा समाचार

पोखरा एभेन्जर्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिंगको निम्ताे !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहको पोखरा एभेन्जर्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदान टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको छ ।

जारी सिजनमा यी दुवै टिमको यो दोस्रो खेल हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले हार बेहोरेको थियो ।

पोखराले पनि आफ्नो पहिलो खेलमा विराटनगर किङससँग ५३ रनको फराकिलो हार सहेको थियो ।

यी दुवै टिम जारी सिजनमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org