ताजा समाचार

नेपाल भारतसँग पराजित हुँदा उपाधी गुमायाे नेपाली टाेलीले !

काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको छ। श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

उपाधि चुमेको भारतीय टोलीले नेपालले दिएको लक्ष्य १२।१ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा भेट्टाएको हो। नेपालका लागि नटआउट रहेकी सरिता घिमिरेले सर्वाधिक ३५ रन बनाउँदा बिमला राईले २६ रनको योदान दिएकी थिइन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विजेता भारतका लागि करुणा के ले २७ बलमा ४२ रन बनाइन् । उपाधि जिताउने क्रममा फूला सरीनले पनि २७ बलमा ४४ रन बनाइन् ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको थियो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org