ताजा समाचार

कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको विहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org