रुकुमकोटमा पहिलोपटक ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ हुने
रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक इन्डोर ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता मंसिर २७ गते बिहान ११ बजे उद्घाटन हुनेछ ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता सबै उमेर समूहका स्केटरहरूसाठी खुला रहने आयोजक संस्थाकी अध्यक्ष अस्मि बुढा मगरले जानकारी दिइन्।
उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिनियरतर्फ दर्ता शुल्क रु. ५०० र जुनियरतर्फ रु. २०० निर्धारण गरिएको छ।
उनले स्केटिङ खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने, स्थानीय प्रतिभा पहिचान गर्ने तथा रुकुमको आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।
उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवै समूहका उत्कृष्ट स्केटरलाई समान रुपमा सम्मान गरिनेछ।
प्रतियोगितामा विजयी स्केटरलाई आकर्षक नगद पुरस्कारका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सिनियरतर्फ पुरुष तथा महिलामा प्रथम हुनेले मेडल, प्रमाणपत्र र रु. १० हजार, द्वितीयले मेडल, प्रमाणपत्र र रु. ७ हजार ५०० तथा तृतीयले मेडल, प्रमाणपत्र र रु. ५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, जुनियर समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार पाउने आयोजकले जनाएको छ।
यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्केटरहरूले लुम्बिनी प्रदेशस्तरीय स्केटिङ प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्। जिल्लामा यस्ता प्रकृतिको प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेकाले कार्यक्रम सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष मगरले बताइन्।
रुकुमकोटमा आयोजना हुन लागेको यस प्रतियोगितालाई स्थानीय खेलकुद क्षेत्रमा नयाँ अध्यायको रूपमा लिइएको छ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











