राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको सेमिफाइनलमा प्रवेश
गछिया । मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे। विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Comments
अरु समाचार
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...
-
एनभीए भलिबल च्याम्पियनशिप : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई
काठमाण्डौ – नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा...
-
टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने !
काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर...
-
११ स्वर्णसहित विराटनगरको एभरेष्ट स्कुल ‘राष्ट्रपति रनिङ शिल्ड’ च्याम्पियन
विराटनगर / ११ स्वर्णसहित विराटनगरको एभरेष्ट स्कुलले विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा
काठमाडौं।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...











