चिसोमा न्यानो साथ : लायन्स क्लब अफ गछियाद्वारा फरक क्षमता भएका विद्यार्थीलाई खाना र हिटर सहयोग
विराटचाेक । मोरङको सुन्दरहरैचास्थित लायन्स क्लब अफ गछियाको आयोजनामा Food Feeding Program सम्पन्न भएको छ। बुधबार सुन्दरहरैचा–७ मा रहेको श्री साजिलाल माध्यमिक विद्यालय (गछिया ब्लक) मा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई लक्षित गरी खाना खुवाउने कार्यक्रम गरिएको हाे।
बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई न्यानो रहन सहयोग पुगोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ गछियाले भोजनसँगै हिटरसमेत वितरण गरेको छ। कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लब अफ गछियाका अध्यक्ष हेमन्त भट्टराईले चिसो मौसमका कारण विद्यार्थीहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनु भयाे । त्यसैगरी भट्टराईले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने जनाउनु भयाे ।
त्यस्तै लायन्स क्लब अफ गछियाका उपाध्यक्ष कृष्ण कट्वालले क्लबले शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयाे ।कार्यक्रमप्रति विद्यालय प्रशासन तथा अभिभावकले सकारात्मक प्रतिक्रिया जनाउँदै लायन्स क्लब अफ गछियाको प्रशंसा गर्नु भएकाे छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












