जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार कार्य सुरु गरिएको जाजरकोट स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए ।
नलगाड नगरपालिकामा छ जना, छेडागाड नगरपालिकामा पाँच जना, जुनिचाँदे गाउँपालिकामा–३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा दुई/दुई जना बिरामी रहेका छन् ।
कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव कम गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग ‘केस भेरिफिकेशन’ कार्यक्रम पुस १७ देखि २२ गतेसम्म सञ्चालन भएको थियो ।
उक्त खोजबाट १८ जना बिरामीहरू फेला परेका छन् । पहिला दर्ता भएका कुष्ठरोगका बिरामीहरूको पुनः परीक्षण, उपचारको निरन्तरता, औषधि सेवनको अवस्था तथा अपाङ्गता रोकथामसम्बन्धी अवस्थाको मूल्याङ्कनसमेत गरिएको कार्कीले जानकारी दिए । विज्ञसहितको टोलीद्वारा जाँच गरेर कुष्ठरोगी पत्ता लगाएको थियो ।
स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य तथा परिवार कल्याण शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रमेश कार्कीले भने, ‘कुष्ठरोग इतिहासकै पुरानो रोग भए पनि यसप्रति रहेको सामाजिक लाञ्छाना र अन्धविश्वासका कारण अझै पनि केही बिरामी लुकेर बसेको हुनसक्ने सम्भावना रहेको छ । नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने र अपाङ्गताबाट बच्न सकिन्छ । साथै औषधिको एकमात्र ‘डोज’ सेवन गरेपछि पनि रोग अन्य व्यक्तिमा सर्ने सम्भावना अत्यन्त न्यून रहन्छ ।’ -रासस
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
विहान १० बजेदेखि हुने भनिएको कांग्रेसको निर्वाचन दिउँसो १ बजेदेखि
काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको...
-
कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












