कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरू हुँदै
काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौंं आइसकेका छन् । विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता आज (आइतबार) बिहान ८ बजेदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए उनका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।
आचार्यले जारी गरेको सूचनामा नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै पनि कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउन भनिएको छ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
Comments
अरु समाचार
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
विकल पौडेलले लगभग ४२ करोड रुपियाँ गैरकानुनी सम्पति आर्जन गरेको विशेष अदालतको ठहर
काठमाडौं । विकल पौडेलसहित चारजना विरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्धामाथि विशेष...
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...













