प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन एमाले सचिवालय बैठक आज
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम निर्णय गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै नामावली टुङ्ग्याउन पार्टीले तयारी तीव्र पारेको हो।
एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला तथा प्रदेश कमिटीहरूले सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा हालसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको जनाइएको छ।
अहिलेसम्म अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने कुनै औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’बाट उम्मेदवार उठाउने तयारी गरेको छ। दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि समय लाग्ने भएकाले पनि सचिवालयले समयमै निर्णय गर्ने तयारी गरेको शाहीले बताए।
यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको अन्तिम अधिकार सचिवालयलाई दिएको थियो।
Comments
अरु समाचार
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
वर्तमान चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ...
-
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै, करिब १५०० वडामा नयाँ समिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन...
-
सोमबारका लागि सर्यो एमाले सचिवालय बैठक
काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सोमबारलाई सारिएको छ। शनिवारका लागि डाकिएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सोमबार बस्ने गरि...
-
रविलाई छाड्ने न्यायाधीश वासुदेव आचार्य काज भन्दै सर्वोच्च पुगे, वरियता मिच्ने रास्वपाको न्यायाधीश राडारमा के छ?
काठमाडौं । उच्च अदालत तुलसीपुर वुटवल इजलासका कामु न्यायाधीश वासुदेव आचार्य सर्वोच्च अदालतमा काजमा खटिएका छन्। उनी उच्च अदालत बुटवलमा...
-
गुन्टुमा आज एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा दिउँसो १ बजे...
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...












