विशेष महाधिवेशनपछि कांग्रेस कार्यसमिति भोलि सानेपा जाने
काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भोलि केन्द्रीय कार्यालय सानेपा जाने भएको छ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। तर थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय सानेपा गएको थिएन। यसबीच दुईवटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक पार्टी प्यालेस र होटलहरूमा बसेका थिए।
पार्टीका प्रवक्ता देवराज चालिसेले सभापतिसहित कार्यसमिति भोलि सानेपा जाने जानकारी दिएका छन्। ‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं। त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले बताए।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका कारण अधिकांश केन्द्रीय नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा गइसकेकाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूबीच बैठक बस्न लागेको हो। केन्द्रीय समिति बैठक भोलि दिउँसो बस्नेछ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमतिबीच विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएको थियो। उक्त कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ। त्यसविरुद्ध निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिएको छैन।
यसअघि देउवा पक्ष निकट तरुण दलका नेता–कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामा बसेका थिए। तर हाल उनीहरूले कार्यालय छाडिसकेका छन्। तरुण दल अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै सबैलाई चुनावमा होमिन आग्रह गरेका छन्।
उल्लेखनीय छ, भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। आगजनीबाट क्षति पुगेको कार्यालयको मर्मत कार्य हाल पनि जारी छ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












