ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतकहरू करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई हुन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईका अनुसार, घरमा रहेको किराना पसलको पैसा राख्ने ठाउँ फुटाइएको र हत्याको उद्देश्य लुटपाट रहेको प्रारम्भिक अनुमान गरिएको छ। “घरमा दम्पती मात्र बस्थे। पैसा राख्ने ठाउँ फुटाएको देखिन्छ, लुटपाटकै लागि भएको देखिन्छ,” उनले बताए।
यसअघि पनि ओखलढुंगामा दम्पती र अन्य व्यक्तिको हत्या भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले लुटपाट र हत्यामा संलग्न गिरोह भन्दै चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा चिशंखुगढी–३ का २८ वर्षीय मिलन (संगम) राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे (अशोक) भुजेल रहेका थिए।
पक्राउ परेका यी व्यक्तिहरूले २०८२ पुस १५ गते चिशंखुगढी–६ का ६० वर्षीय शोभितमान थापा र उनकी श्रीमती रत्नमाया थापा मगरलाई धारिलो हतियारले हत्या गरी करिब १ लाख नगद र गहना लुटेको प्रहरीको आरोप छ। यसैगरी, उनीहरूले २०८२ असोज २६ गते सिद्धिचरण नगरपालिका–४ की ५२ वर्षीया रत्नकुमारी कटवाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए।
गिरोहले हत्या गर्न प्रयोग गरेको बञ्चरो, खुकुरी, गहना, बन्दुक, कोदालो र मोबाइल प्रहरीले बरामद गरेको थियो।
प्रहरी निरीक्षक भट्टराईले भने, “पहिले समातिएको गिरोह र हालको घटना सम्बन्धित छ कि छैन भन्ने अनुसन्धानबाट पत्ता लाग्नेछ। त्यसबेलासम्म हामी घटनास्थल सुरक्षित राख्दै अनुसन्धानमा जुटेका छौं।”
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












