नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’ काे खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायाे ।
पाकिस्तानले दिएकाे २०० रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले १७ ओभर ३ बलमा ९७ रन बनाउँदा सबै विकेट गुमायाे । नामिबियाका लोरेन स्टीनक्याम्पले सबैभन्दा धेरै २३ रन बनाए । पाकिस्तानका उसमान तारिकले ४, शदाब खानले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । पाकिस्तानका साहिबजादा फरहानले शतक बनाए । फरहानले ५८ बलमा नटआउट १०० रन जोडे । नामिबियाका ज्याक ब्रासेलले २ विकेट लिए ।
फरहान प्रतियोगितामा शतक प्रहार गर्ने तेस्राे खेलाडी बनेका छन् । यसअघि क्यानडाका युवराज सम्रा र श्रीलङ्काका पथुम निसान्काले शतक बनाएका थिए ।
याेसँगै ‘सुपर–एट’ समीकरण पूरा भएकाे छ । यसअघि समूह ‘ए’ भारत ‘सुपर–एट’ मा पुगेको थियाे । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड तथा समूह ‘डी’ दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् ।
यस्तै आज भएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै दक्षिण अफ्रिकाले लगातार चौथो जीत हासिल गरेको छ । प्रतियोगितामा आजै बेलुका सवा ७ बजे भारत र नेदरल्यान्ड्स खेल्दैछन् ।
‘सुपर–एट’ का खेलहरू आउँदो शनिवारदेखि शुरू हुनेछन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहनेछन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।
Comments
अरु समाचार
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...











