एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो
काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ ।
यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












