किताब बेच्ने क्रममा महावीर पुनसँग भनाभन गर्ने व्यक्ति पक्राउ
पोखरा । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेर पृथ्वीचोकमा किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दीबाट स्वतन्त्र चुनाव जितेपछि पनि पोखराको पृथ्वीचोकमा कृषि औजार कारखानाका लागि भन्दै किताब बेचिरहेका महावीरसँग २५ फागुनमा एक व्यक्तिले प्रश्न गर्ने क्रममा भनाभन भएको भिडियो सार्वजनिक भएको थियो ।
महावीर पुनसँग सांसदको काम किताब बेच्ने हो भन्दै प्रश्न गरेका व्यक्तिबीच भनाभन हुँदै अपमानजनक व्यवहार भएको भन्दै प्रश्नसमेत उठेको थियो । महावीर र ती व्यक्तिबीच भनाभन हुँदै एकअर्काले ‘थुक्क’ भनेको भिडियो भाइरल बनेको थियो । महावीरलाई अभद्र व्यवहार गरेको भन्दै प्रश्न उठेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।
पोखरा वडा नम्बर १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई ३ दिनको म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा विवशले महावीरलाई सांसदको काम किताब बेच्ने नभएको बताएका थिए भने त्यही क्रममा भनाभन हुँदै अपमानजनक व्यवहारसमेत भएको थियो । यो घटना र व्यवहारलाई लिएर सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएका थिए ।
Comments
अरु समाचार
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए आईसीसी अन्तर्गतको ‘पीएनओ’ संयोजक कुमार कार्कीद्वारा एक लाख रुपियाँ सहयोग
काठमाडौँ । भोटेकोशीका बाढीपीडितहरूका लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गतको (पीपुल अफ नेपाली अरिजिन) PNO का...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













