वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल चाल भइरहेको छ। करिब ७ अर्ब रुपैयाँ राजस्व छली भएको आशंकामा अघि बढाइएको अनुसन्धान अन्तिम चरणमा पुगिरहेका बेला महान्यायाधिवक्ता स्वयं सक्रिय भएर मुद्दा फिर्ता गराउन खोजिएको स्रोतहरूको दाबी छ।
महान्यायाधिवक्ता सबिता भण्डारीको निर्देशनमा उक्त प्रकरणसँग सम्बन्धित फाइलहरूमा विशेष चासो देखाइएको छ। यसका लागि आन्तरिक रूपमा ‘टास्क फोर्स’ गठन गरिएको र निश्चित समयसीमा तोकेर निर्णय प्रक्रियालाई तीव्र बनाइएको बताइएको छ। राजस्व अनुसन्धान विभागले वर्ल्डलिंकले करिब ७ अर्ब रुपैयाँ बराबरको राजस्व छली गरेको आशंकामा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा कम्पनीले भारतबाट इन्टरनेट ब्यान्डविथ खरिद गरे पनि त्यसको भुक्तानी संरचनामा गम्भीर अनियमितता देखिएको निष्कर्ष निकालिएको छ।
प्राप्त सूचनाअनुसार, वर्ल्डलिंकले भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग ब्यान्डविथ सेवा खरिद गरेको थियो। तर, उक्त सेवाको भुक्तानी सिधै भारतमा नगरी हङकङस्थित इन्ट्राप्टस लिमिटेड नामक कम्पनीमार्फत गरिएको देखिएको छ। यस्तो घुमाउरो भुक्तानी संरचना (layered payment system) प्रयोग गर्नुको मुख्य उद्देश्य कर दायित्व घटाउने वा लुकाउने हुनसक्ने देखिन्छ। नेपालको प्रचलित कानुनअनुसार सेवा खरिद गरिएको देशमै भुक्तानी गर्नुपर्ने व्यवस्था छ। त्यसविपरीत तेस्रो देश प्रयोग गरिएको अवस्थामा कर छली तथा विदेशी मुद्रा अपचलनको आशंका बलियो हुन्छ।
अनुसन्धानका क्रममा इन्भोइस, भुक्तानी विवरण तथा अन्य कागजातहरू ‘फरेन्सिक प्रमाण’का रूपमा संकलन गरिएको थियो। ती कागजातहरूले सेवा खरिद र भुक्तानी गन्तव्यबीचको असंगति प्रष्ट देखाएको छ। यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ मंसिर २८ गते पठाएको पत्रमा वर्ल्डलिंकले करिब ७ लाख २ हजार अमेरिकी डलर बराबरको भुक्तानीका लागि सिफारिस मागेको उल्लेख छ। उक्त पत्रमा हङकङस्थित कम्पनीसँग भएको सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको थियो। यदि वास्तविक सेवाको मूल्यभन्दा बढी रकम भुक्तानी गरिएको पुष्टि भएमा यो विदेशी मुद्रा सम्बन्धी कानून उल्लंघनको विषय बन्न सक्ने कानुनविद्हरूको भनाइ छ।
मुद्दा दर्ता प्रक्रियामा हस्तक्षेप ?
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट राय दिएर फाइल मुद्दा दर्ताका लागि फाइल उच्च सरकारी वकिल कार्यालय, पाटनसम्म पुगेको थियो। तर महान्यायाधिवक्ता भण्डारीले चैत ५ गतेभित्र आफूले उक्त प्रकरणमा निर्णय गरिसक्ने भन्दै पटकपटक सरकारी वकिल कार्यालयहरूलाई ताकेता गरेकी छन्। कम्पनीका पदाधिकारीहरूसँग बयान लिने प्रक्रिया समेत पूरा भइसकेको अवस्थामा फाइल अभियोजन रायका लागि उच्च सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो।
तर, सोही चरणमा कम्पनीका उच्च अधिकारीहरूले विभिन्न शक्तिकेन्द्रहरूमा भेटघाट तीव्र बनाएको स्रोतहरूको दाबी छ। कम्पनीका अध्यक्ष दिलीप अग्रवालसहितका प्रतिनिधिहरूले अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा सचिवालयमा सक्रिय लबिङ गरेको र त्यसपछि महान्यायाधिवक्ता कार्यालयमार्फत मुद्दा फिर्ता गराउने प्रयास अघि बढेको बताइएको छ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाललाई बोलाएर आवश्यक ‘लाइन क्लियर’ गर्ने प्रकारका निर्देशन दिइएको दाबी गरिएको छ। त्यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहन्यायाधिवक्ता हरिशंकर ज्ञवालीलाई समेत उक्त प्रक्रियामा संलग्न गराइएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र सरकारी वकिल कार्यालयबीचको समन्वय समेत महान्यायाधिवक्ता कार्यालयबाटै भइरहेको छ। यसले सामान्य कानूनी प्रक्रियाभन्दा बाहिर गएर उच्च तहमा निर्णय प्रभावित पार्ने प्रयास भइरहेको आशंका पैदा गरेको छ। यो प्रकरण केवल कर छलीको मुद्दामा सीमित छैन।
यसले नेपालमा कर प्रशासन, विदेशी मुद्रा नियन्त्रण र आपराधिक अभियोजन प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। यदि अनुसन्धानका क्रममा फेला परेका प्रमाणहरूलाई बेवास्ता गर्दै मुद्दा फिर्ता गरिन्छ भने यसले भविष्यमा ठूला करदाताहरूलाई कानून उल्लंघन गर्न प्रोत्साहन मिल्ने जोखिम देखिन्छ। साथै, सरकारी वकिल र अनुसन्धान निकायहरूको स्वायत्ततामाथि पनि प्रत्यक्ष प्रभाव पर्नेछ।
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...











