त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको उद्धार, उपचार जारी
काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो ।
यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङ भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीेले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ।कोइलाडी ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाहले माथिल्लो त्रिशुली ३ ए मा र काठमाडौँको बालकुमारी- ३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा काम गरिरहनुभएको थियो ।सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ । उद्धार गरिएका साह र महर्जनलाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ । सुरुङभित्रबाट जीवित उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई एयर डाइनेस्टीको विमानबाट काठमाडौँ ल्याइएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनुभयो । शाहको उपचार नुवाकोटस्थित त्रिशुली अस्पतालमा भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
त्रिशूली थ्री ए सुरुङभित्र मान्छेको आवाज पुष्टि, उद्धार कार्य जारी
काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा...
-
रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ? : एमाले प्रचार विभाग प्रमुख आचार्य
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ जना अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन...












