सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले नागरिकलाई प्रदान गरिने सेवामा सुधार गर्दै सरकारी कार्यालयमा आउने सेवाग्राहीप्रतिको व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
असोज ८ गते बिहीबार भोजपुरमा आयोजित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँगको अन्तर्क्रिया तथा निर्देशन कार्यक्रममा मुख्य सचिव कार्कीले “सुशासन कायम हुनेगरी काम गर्न, वर्तमान सरकारको स्पिरिटअनुसार अघि बढ्न र नागरिकमैत्री शासन कायम गर्न” निर्देशन दिएका हुन्।
जिल्लामा सञ्चालित विकास निर्माणका कामलाई चुस्तदुरुस्त बनाउन, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा नागरिकले सहज र सरल रूपमा सेवा पाउने वातावरण निर्माण गर्न कार्यालय प्रमुखहरूलाई मुख्य सचिवको निर्देशन भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले जानकारी दिएका छन् ।
कार्कीले सरकारी निकायको कार्यसम्पादन प्रत्यक्ष रूपमा नागरिकसँग जोडिने भएकाले कार्यालय प्रमुखहरूले आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ निर्वाह गर्नुपर्ने बताए। नागरिकले सरकारी कार्यालयबाट पाउने सेवा र व्यवहारमा सकारात्मक परिवर्तन महसुस गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भोजपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
अन्तर्क्रियाका क्रममा जिल्लामा सरकारी सेवा प्रवाह, विकास निर्माण तथा कार्यालयगत कार्यसम्पादनसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। मुख्य सचिव कार्कीले कार्यालय प्रमुखहरूलाई आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या पहिचान गरी प्रभावकारी कार्यसम्पादनमार्फत समाधानतर्फ अघि बढ्न निर्देशन दिए।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...













