जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि जारी गरेको विज्ञापनमा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने योग्यता तोकेको अवस्थामा थापाको जापानको पीआरसम्बन्धी विवरण सार्वजनिक भएको हो।
थापाले जापानको एक अनलाइन सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफूले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति प्राप्त गरेको बताएका छन्। उनले पीआर प्राप्त गरेपछि जापानमै बस्ने निर्णय गरेको पनि बताएका छन्।
अन्तर्वार्ताका क्रममा थापाले आफ्नो परिवार जापानमै बसोबास गर्दै आएको बताएका छन्। उनका अनुसार उनकी श्रीमती नेपाली नागरिक हुन् भने उनीहरूका दुई छोराछोरी जापानमै जन्मिएका र त्यहीँ शिक्षा हासिल गरेका छन्। छोराछोरीको स्थायी बसोबासलाई ध्यानमा राख्दै आफूले जापानको कानागावा प्रिफेक्चरमा घरसमेत किनेको उनले बताएका छन्।
थापाले आफ्ना छोराछोरी जापानमै जन्मिएर हुर्किएकाले उनीहरूलाई आफ्ना आमाबाबुको परिस्थितिका कारण बारम्बार बसोबास परिवर्तन गर्नुपर्ने अवस्था नआओस् र उनीहरू आफ्नै समुदायको सदस्यका रूपमा हुर्किन सकून् भन्ने उद्देश्यले कानागावामा घर किनेको बताएका छन्।
परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते राजदूत पदका लागि प्रकाशित गरेको विज्ञापनमा उम्मेदवारका लागि आवश्यक योग्यताअन्तर्गत ‘कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्नेछ’ उल्लेख गरिएको छ। उक्त व्यवस्थासँग थापाले सार्वजनिक रूपमा बताएका पीआरसम्बन्धी विवरण कसरी मेल खान्छ भन्ने विषयमा प्रश्न उठेको छ।
थापाका अनुसार उनी ६ वर्षको उमेरदेखि नै जापानी समुदायसँग परिचित थिए। एसएलसीपछि उनले जापानी भाषा अध्ययन सुरु गरेका थिए। जापानी भाषा सिकेपछि नेपालमै जापानसँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेका उनी सन् २००० मा छात्रवृत्तिमा अध्ययनका लागि जापान पुगेका थिए।
नेपाल–जापानबीच भएका विभिन्न उच्चस्तरीय भ्रमण तथा आदानप्रदानमा उनले दोभाषेको भूमिका निर्वाह गर्दै आएका छन्। परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार उनले दुई दशकभन्दा बढी समय नेपाल–जापान सम्बन्ध अभिवृद्धिका क्षेत्रमा काम गरेका छन्।
थापाले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्। उनी सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी विज्ञका रूपमा कार्यरत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
सन् २००५ देखि उनले नेपाल–जापान द्विपक्षीय उच्चस्तरीय कार्यक्रमका संयोजकका रूपमा दुवै देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूको भ्रमण र आदानप्रदानमा सहजीकरण गर्दै आएको बताइएको छ। सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजनामा पनि उनले भूमिका निर्वाह गरेका थिए।
थापाले अन्तर्राष्ट्रिय सहकार्य तथा आप्रवासन सुशासनसम्बन्धी विभिन्न पहलमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युनिसेफ तथा जापानी स्थानीय सरकारहरूसँग सहकार्य गरेको मन्त्रालयले जनाएको छ। उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वमहासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका छन्।
त्यसैगरी, थापाले सुकुबा विश्वविद्यालय, ओयामा गाकुइन विश्वविद्यालय र निहोन विश्वविद्यालयलगायत जापानी विश्वविद्यालयमा सह–प्राध्यापकका रूपमा अध्यापन गर्दै आएको बताइएको छ। जापानी भाषामा दक्ष थापाले नेपाल–जापान सम्बन्ध तथा तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा लेखनसमेत गर्दै आएका छन्।
थापाको जापानमा स्थायी बसोबास अनुमति र राजदूत पदका लागि परराष्ट्र मन्त्रालयले तोकेको योग्यताबीच देखिएको सम्बन्ध तथा उनको उम्मेदवारीसम्बन्धी कानुनी र प्रशासनिक पक्षबारे सम्बन्धित निकायको औपचारिक धारणा भने सार्वजनिक रूपमा स्पष्ट हुन बाँकी छ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












