जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि जारी गरेको विज्ञापनमा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने योग्यता तोकेको अवस्थामा थापाको जापानको पीआरसम्बन्धी विवरण सार्वजनिक भएको हो।
थापाले जापानको एक अनलाइन सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफूले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति प्राप्त गरेको बताएका छन्। उनले पीआर प्राप्त गरेपछि जापानमै बस्ने निर्णय गरेको पनि बताएका छन्।
अन्तर्वार्ताका क्रममा थापाले आफ्नो परिवार जापानमै बसोबास गर्दै आएको बताएका छन्। उनका अनुसार उनकी श्रीमती नेपाली नागरिक हुन् भने उनीहरूका दुई छोराछोरी जापानमै जन्मिएका र त्यहीँ शिक्षा हासिल गरेका छन्। छोराछोरीको स्थायी बसोबासलाई ध्यानमा राख्दै आफूले जापानको कानागावा प्रिफेक्चरमा घरसमेत किनेको उनले बताएका छन्।
थापाले आफ्ना छोराछोरी जापानमै जन्मिएर हुर्किएकाले उनीहरूलाई आफ्ना आमाबाबुको परिस्थितिका कारण बारम्बार बसोबास परिवर्तन गर्नुपर्ने अवस्था नआओस् र उनीहरू आफ्नै समुदायको सदस्यका रूपमा हुर्किन सकून् भन्ने उद्देश्यले कानागावामा घर किनेको बताएका छन्।
परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते राजदूत पदका लागि प्रकाशित गरेको विज्ञापनमा उम्मेदवारका लागि आवश्यक योग्यताअन्तर्गत ‘कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्नेछ’ उल्लेख गरिएको छ। उक्त व्यवस्थासँग थापाले सार्वजनिक रूपमा बताएका पीआरसम्बन्धी विवरण कसरी मेल खान्छ भन्ने विषयमा प्रश्न उठेको छ।
थापाका अनुसार उनी ६ वर्षको उमेरदेखि नै जापानी समुदायसँग परिचित थिए। एसएलसीपछि उनले जापानी भाषा अध्ययन सुरु गरेका थिए। जापानी भाषा सिकेपछि नेपालमै जापानसँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेका उनी सन् २००० मा छात्रवृत्तिमा अध्ययनका लागि जापान पुगेका थिए।
नेपाल–जापानबीच भएका विभिन्न उच्चस्तरीय भ्रमण तथा आदानप्रदानमा उनले दोभाषेको भूमिका निर्वाह गर्दै आएका छन्। परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार उनले दुई दशकभन्दा बढी समय नेपाल–जापान सम्बन्ध अभिवृद्धिका क्षेत्रमा काम गरेका छन्।
थापाले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्। उनी सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी विज्ञका रूपमा कार्यरत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
सन् २००५ देखि उनले नेपाल–जापान द्विपक्षीय उच्चस्तरीय कार्यक्रमका संयोजकका रूपमा दुवै देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूको भ्रमण र आदानप्रदानमा सहजीकरण गर्दै आएको बताइएको छ। सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजनामा पनि उनले भूमिका निर्वाह गरेका थिए।
थापाले अन्तर्राष्ट्रिय सहकार्य तथा आप्रवासन सुशासनसम्बन्धी विभिन्न पहलमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युनिसेफ तथा जापानी स्थानीय सरकारहरूसँग सहकार्य गरेको मन्त्रालयले जनाएको छ। उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वमहासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका छन्।
त्यसैगरी, थापाले सुकुबा विश्वविद्यालय, ओयामा गाकुइन विश्वविद्यालय र निहोन विश्वविद्यालयलगायत जापानी विश्वविद्यालयमा सह–प्राध्यापकका रूपमा अध्यापन गर्दै आएको बताइएको छ। जापानी भाषामा दक्ष थापाले नेपाल–जापान सम्बन्ध तथा तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा लेखनसमेत गर्दै आएका छन्।
थापाको जापानमा स्थायी बसोबास अनुमति र राजदूत पदका लागि परराष्ट्र मन्त्रालयले तोकेको योग्यताबीच देखिएको सम्बन्ध तथा उनको उम्मेदवारीसम्बन्धी कानुनी र प्रशासनिक पक्षबारे सम्बन्धित निकायको औपचारिक धारणा भने सार्वजनिक रूपमा स्पष्ट हुन बाँकी छ।
Comments
अरु समाचार
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...












